रसुवागढी नाकाबाट काठमाडौं आउँदै गरेको ना १ झ ३५४२ नम्बरको टाटा सुमोमा चेकजाँचका क्रममा साढे दुई किलो सुनसहित ६ जना पक्राउ परेको रसुवाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र सुवेदीले जानकारी दिए।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शेर्पा, २३ वर्षीय सुप्पा लामा, ३५ वर्षीय सुवास तामाङ, १९ वर्षीय साङा शेर्पा र चालक दोलखाको तामाकोसी गाउँपालिका–५ का २३ वर्षीय तुलनारायण श्रेष्ठ छन्।
पक्राउ परेकाहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया