१ सय १० यात्रु सवार रहेको अफगान एयरलाइन्सको विमान दुर्घटना

१ सय १० यात्रु सवार रहेको अफगान एयरलाइन्सको विमान दुर्घटना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अफगानिस्तान- अफगानिस्तानमा यात्रुवाहक विमान दुर्घटना भएको छ। अफगानिस्तानको पूर्वी गजनी प्रान्तको देहयाक जिल्लामा एरियाना अफगान एयरलाइन्सको विमान दुर्घटनामा परेको हो। यो सरकाद्वारा सञ्चालित एयरलाइन्स हो।

हेरातबाट दिल्ली आइरहेको विमानमा १ सय १० यात्रु सवार रहेको बताइएको छ। विमान दुर्घटनामा परेको स्थान तालिवानको नियन्त्रणमा रहेको छ। प्रान्त सरकारका प्रवक्ता आरिफ नुरीले देहयाक जिल्लाको साडोखेल क्षेत्रमा दिउँसो १ बजेर १० मिनेटमा विमान दुर्घटनामा परेको जानकारी दिए। तर, उक्त एयरलाइन्स कम्पनीले भने आफ्नो विमान दुर्घटनामा परेको कुनै जानकारी नआएको दाबी गरेको छ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ

Recent Comments

No comments to show.