कांग्रेस केन्द्रीय कार्यालयमा झडप- विद्यार्थी नेता कुन्दनराज काफ्लेमाथि हातपात

कांग्रेस केन्द्रीय कार्यालयमा झडप- विद्यार्थी नेता कुन्दनराज काफ्लेमाथि हातपात

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघका दुई समुहबीच झडप भएको छ । 

सोमबार(आज) दिउँसो  कांग्रेस केन्द्रीय  कार्यालय सानेपामा विद्यार्थी नेताहरुबीच झडप भएको हो ।

विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन गरिरहेका महासचिव कुन्दनराज काफ्लेमाथि हातपात  भए पछी  विद्यार्थी नेताहरुबीच झडप भएको हो ।  काफ्ले नेतृत्वको समूह पार्टी कार्यालयमा रिले अनसनमा समेत बसेको छ ।

नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने उल्लेख छ । तर संस्थापन पक्ष र अनन्तुष्ट पक्षले विधान विपरित बढी उमेरका नेतालाई अध्यक्ष बनाउन लागेपछि तनाव भएको हो ।

सभापति शेरबहादुर देउवाले ५० वर्षीय राजीव ढुङ्गानालाई नेविसंघको नेतृत्व दिन लागेको भन्दै विद्यार्थीहरु असन्तुष्ट छन् ।

असन्तुष्ट विद्यार्थी नेताहरुले महासचिव काफ्लेको नेतृत्वमा सानेपास्थित पार्टी कार्यालयमा अनसनका साथ विरोध प्रदर्शन गरिरहेका बेला काफ्लेमाथि संस्थापन पक्षले आक्रमण गरेको हो ।

कांग्रेस केन्द्रीय समितिको बैठक आजै बस्ने र नेवि संघको नेतृत्व चयन गर्ने कार्यक्रम रहेकाले विद्यार्थीहरु विरोध प्रदर्शन र समर्थनका लागि सानेपामा भेला भएका छन् ।

 

Recent Comments

No comments to show.