अघिल्लो दिनको तुलनामा सोमवार पनि सुनको मूल्य प्रतितोला प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ।
आइतवार प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा सोमवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
सोमवार तजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले नै बढ्यो ।
आइतवार प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा सोमवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार ७०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।
सोमवार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्यो ।
आइतवार प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा सोमवार ५ रुपैयाँ बढ्दै प्रतितोला ९०० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया