नक्कली भ्याट बिल प्रयोग गरी साढे २३ करोड राजश्व छली – दुई फर्मविरुद्ध मुद्दा

नक्कली भ्याट बिल प्रयोग गरी साढे २३ करोड राजश्व छली – दुई फर्मविरुद्ध मुद्दा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजश्व अनुसन्धान विभागले  २३ करोड राजश्व छलेको अभियोगमा दुई फर्मविरुद्ध मुद्दा मुद्दा दर्ता गरेको छ ।

विभागले  मुद्दा दर्ता गरेको फर्महरु बाट २३ करोड ६० लाख विगो असुल गर्न, विगोको दोब्बरसम्म जरिवाना गर्न र तीन बर्षसम्म कैद माग दावी गर्दै विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

राजश्व  छली गर्ने   फर्महरुमा हनुमान कन्ष्ट्रक्शनका प्रोपाइटर शालिकराम न्यौपाने र रेजिङ इन्टरनेशनलका प्रोपाइटर सञ्जिव मास्के रहेका छन  ।

 न्यौपाने विरुद्ध आठ करोड ६२ लाख विगो कायम गरी त्यसको दोब्बरसम्म जरिवाना र तीन बर्षसम्म कैद माग गरिएको छ  भने   मास्के  विरुद्ध १४ करोड ८७ लाख बिगो कायम गरी त्यसको दोब्बरसम्म जरिवाना र तीन बर्ष कैद माग गरिएको छ ।

Recent Comments

No comments to show.