स्थानीयवासी लाई मुअब्जा दिन गल्छी-त्रिशूली-मैलुङ सडक आयोजनालाई सर्वाेच्चको निर्देशन

स्थानीयवासी लाई मुअब्जा दिन गल्छी-त्रिशूली-मैलुङ सडक आयोजनालाई सर्वाेच्चको निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको वहुचर्चित गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुवेसी सडक  आयोजनालाई विदुर  नगरपालिका   १० नम्बर वडाका स्थानीयवासी जग्गाधनीहरुलाई   मुअब्जा दिन सर्वोच्च अदालतले निर्देशन दिएको छ ।

सडकको केन्द्रविन्दुदेखि १५÷१५ मिटर दायावायाँ जग्गापर्ने जग्गा धनी र सडकमा पर्ने घरधनीलाई सामाजिक न्यायका आधारमा उचित मुआव्जा उपलब्ध गराउन माग गर्दै  विदुर नगरपालिका वडा नम्बर १० का करिव ४ सय स्थानिय जग्गाधनीहरुले सर्वोच्च अदालतमा रिट दाय गरेका थिए । 

पृथ्वी राजमार्गको गल्छीदेखि नुवाकोटको देवीघाट हुदै त्रिशूली(मैलुङसम्म निर्माण भइरहेको सो सडकमार्गको निर्माण चिनिया कम्पनी एमएस कन्भेग÷तुदी कन्स्ट्रक्सन÷रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्कामार्फत निर्माण गरिरहेको छ। 

निकै महत्वपुर्ण सडक आयोजनाको रुपमा रहेकोे ‘गल्छी-त्रिशूली-मैलुङ्ग-स्याफ्रुबेसी-रसुवागढी’सडक नौ अर्व ५० करोड रुपैयाको लागतमा निर्माण भइरहेको छ। सो सडक गल्छीदेखि स्याफ्रुवेशीसम्म ८२ किलोमिटर रहेको छ भने स्याफ्रुवेशीवाट रसुवागढीसम्म १५ दशमलव पांच किलोमिटर दुरी रहेको छ।

Recent Comments

No comments to show.