व्यवसायीलाई दुःख दिएर राजश्वको लक्ष्य पूरा नगर्ने -अर्थमन्त्री

व्यवसायीलाई दुःख दिएर राजश्वको लक्ष्य पूरा नगर्ने -अर्थमन्त्री

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार ६८औं भन्सार दिवस कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज  खतिवडाले राजश्वको लक्ष्य पूरा गर्न व्यवसायीलाई डण्डा नलगाउने बताएका छन् ।

खतिवडाले व्यवसायीलाई जथाभावी दुःख दिएर राजश्वको लक्ष्य पूरा गर्ने योजनामा अहिल्यको सरकार नरहेको  आश्वस्थ तुल्याए ।‘तपाईहरुले राजश्व घट्दा नि चिन्ता नगर्ने मन्त्री पाउनु भएको छ, खुसी हुनुहोस्’ उनले भने, ‘अहिले अन्तः शुल्क, भ्याट र आयकरको संकलन राम्रो छ ।’

त्यसैले भन्सार राजश्व कम भएर केही नहुने उनको भनाइ छ । साथै भन्सारमा सन्दर्भ मूल्य अहिले नै हटाउन नसकिने प्रष्ट पारे ।सम्पत्ति सुदृढीकरण र राजश्व अनुसन्धान गलत गर्नेका लागि मात्रै आकर्षण हुनेमा आश्वस्त हुन खतिवडाले आग्रह गरे । उनले भने–‘नीजि क्षेत्रका साथीहरू आत्तिएको पाएँ यस्तो होईन, गलत ठाउँमा मात्रै डण्डा चल्नेछ ।’

विदेशी मुद्रा सन्चीतिमा मुलुक दक्षिण एसियामै राम्रो रहेको, बैंक ब्याजदरको समस्या नरहेको उनल जानकारी दिए ।

Recent Comments

No comments to show.