आभाष ट्रेडर एण्ड सप्लायर्सले सिंगापुरमा उत्पादन भएको एफकेएम ब्राण्डका तीन नयाँ मोडल मोडलका मोटरसाइकल नेपाली बजारमा ल्याउने भएको छ ।
कम्पनीले स्ट्रीट फाईटर, स्क्राम्बलर र मिनि स्क्राम्बलरगरि तीन नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो ।
एफकेएम स्ट्रीट फाईटर
एफकेएम स्ट्रीट फाईटर मोडल तीन इन्जिन अप्सनमा उपलब्ध रहने छ ।
स्ट्रीट फाईटरलाई कम्पनीले १५०, १६५ र २०० सीसी इन्जिन अप्सनमा ल्याउने जनाएको छ । यी इन्जिनले क्रमश १२।७, १५ र १६।८ एचपी पावर प्रदान गर्नेछ ।
१५० र १६५ सीसी इन्जिन एयर कुल्ड र २०० सीसी इन्जिन लिक्विड कुल्ड एफआई टेक्नोलोजिमा आधारित रहेको छ । यी बाइकमा फुल एलइडी लाइटिङ, अगाडि यूएसडी फर्कजस्ता फिचर दिइएको छ ।
एफकेएम स्ट्रीट फाईटर १५० को मूल्य ३ लाख ६० हजार, एफकेएम १७५ को ३ लाख ८० हजार र एफकेएम २०० को मूल्य ४ लाख २५ हजारसम्म रहेको छ ।
प्रतिक्रिया