यस्तो छ तीन दिनको मौसम पूर्वानुमान-कहाँ कस्तो रहने छ ?

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान-कहाँ कस्तो रहने छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदिन  उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको  रहने जनाएको छ ।

माघ १२ आइतबार   

आइतबार राति देशको मध्य र पूर्वी पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानाुमान गरेको छ ।

माघ १३ सोमबार 

दिउँसो देशको पश्चिमी भू(भाग लगायत मध्य र पूर्वी पहाडी भू(भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्व तराईका भूभागहरुमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ।

सोमबार राति देशको पश्चिमी भू(भागमा आंशिकदेखि सामान्य बदली रही १(२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भू(भागमा आंशिक बादली रहनेछ।

माघ १४  मंगलबार

मंगलबार राति देशभर आंशिक देखि सामान्य बदली भई पश्चिमी भू(भागका केही स्थानहरु, मध्य भू(भागका थोरै स्थानहरु र पूर्वी भु(भागका १(२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

तराईका केही भू(भागमा हुस्सुरकुहिरोको कारणले घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।

Recent Comments

No comments to show.