के-के विषयमा छलफल हुँदैछ ओली-प्रचण्ड र देउवा बिच बालुवाटारमा ?

के-के विषयमा छलफल हुँदैछ ओली-प्रचण्ड र देउवा बिच बालुवाटारमा ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विपक्षी  दल नेपाली कांग्रेसका पार्टी सभापती शेरबहादुर देउवा र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच  आज (शनिबार) विहान १० बजेदेखि नै समसायिक राजनीतिक विषयमा छलफल चलिरहेको नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । 

यसअघि शीर्ष नेताहरुको छलफलले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम टुङ्गो लगाएको थियो । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुखको चयन हुँदैछ ।

बैठकमा सभामुखमा अरु कसैको उम्मेद्वारी नपरेकाले अग्नि सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ । त्यसपछि उनले सभाको अध्यक्षता गर्नेछन् । यसअघि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेद्वारी नदिने र समर्थन पनि कसैलाई नगर्ने निर्णय गरेको थियो । बलात्कार प्रयासको अभियोग लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

यता सभामुख नेकपाले पाएपछि उपसभामुखको दाबी कांग्रेसले गर्दै आएको छ । उपसभामुख डा। शिवमाया तुम्वाहाम्फेले सोमबार राजीनामा दिएकी थिइन् । उनले नेकपालाई सभामुख पदमा उम्मेद्वारी दिन संबैधानिक रुपमै बाटो खोलिदिएकी हुन् ।

सभामुख निर्वाचनको प्रकियापछि खाली रहेको उपसभामुख पदको निर्वाचनको प्रक्रिया शुरु हुनेछ । प्रतिनिधिसभाको सभामुख र समसामयिक राजनीतिक सवालहरुबारे छलफल गरी आगामी दिनको बाटो सहज तुल्याउने विषयमा छलफल केन्द्रित रहेको स्रोतको भनाई छ ।

Recent Comments

No comments to show.