‘कोरोना भाइरस’ को संक्रमण भेटियो-विमानस्थलमा ३ डाक्टरसहित ८ स्वास्थ्यकर्मी खटाइए

‘कोरोना भाइरस’ को संक्रमण भेटियो-विमानस्थलमा ३ डाक्टरसहित ८ स्वास्थ्यकर्मी खटाइए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणको रिपोर्टमा ‘कोरोना भाइरस’को संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

चीनको युवान क्षेत्रबाट केही दिन अघि चीनबाट स्वदेश फर्किएका उनमा ज्वारोको समस्या देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको थियो ।

उनको परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ आएको छ । तर अहिले उनी स्वस्थ्य भएको र प्रत्यक्ष निगरानीमा रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै चीनबाट नेपाल आउने हरेक विमानहरुमा यात्रुको स्वास्थ्यसम्बन्धी फाराम भरी विमानस्थलमा पेश गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ । विमानस्थलमा टेकु अस्पतालका ३ जना डाक्टरसहित ८ जना स्वास्थ्यकर्मी परिचालन गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

अन्य तीनजनामा पनि कोरोना भाइरसको संक्रमण हुन सक्ने आशंका गरिएको छ ।  ‘कोरोना भाइरस’को बिरामी देखिएमा पाटन अस्पताल, शुक्रराज अस्पतालमा उपचारको व्यवस्था गरिएको स्वास्थ्य जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

कोरोना भाइरसको लक्षण

–ज्वरो आउनु र खोकी लाग्नु,

–छिटोछिटो सास फेर्नु,

–सास फेर्न गाह्रो हुने,

–समयमा उपचार नभएका निमोनिया हुनु,

–सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,

–मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ।

कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने

–नियमित रुपमा हात सफा गर्ने,

– खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने,

–मासु र अण्डा राम्रोसँग पकाएर खाने,

–कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।

Recent Comments

No comments to show.