मटर पनिर बनाउने विधि

मटर पनिर बनाउने विधि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 घरमा आउने शाकाहारी पाहुनालाई के बनाएर खुवाउने भनेर घरपरिवारका व्यक्तिहरूलाई पनि समस्या उत्पन्न हुन सक्छ । यस्तो अवस्थामा पनिरको सब्जीले निकै मद्दत गर्न सक्छ । यसरी आफ्नै भान्सामा मटर पनिर बनाउनु होस् ।

चाहिने सामग्री 

आधा कप उसिनेको मटर, २०० ग्राम पनीर, हरियो खुर्सानी, क्रिम, प्याजको पेस्ट, जीरा, धुलो खुर्सानी, बेसर, मसला, हरियो धनियाँ, नुन स्वादअनुसार, तेल, पिसेको टमाटर, लसुनअदुवाको पेस्ट

बनाउने विधि 

एउटा प्यानमा तेल तताउने, तताएको तेलमा काटेको पनिरलाई गोल्डेन ब्राउन नहुन्जेल सक्ने वा तेलमा फ्राई गर्ने र अलगै अर्को प्लेटमा निकालेर राख्ने । त्यसपछि त्यहीँ प्यानमा अलिकति तेल तताइ, जीरा पड्काएर प्याज र लसुनअदूवाको पेस्टलाई फ्राई गर्नु पर्छ । त्यसमा बेसर, खुर्सानी, नुन तथा मसला सबै हालेर मज्जाले तेल ननिस्किएसम्म फ्राई गर्नु पर्छ ।

त्यसपछि, पिसेर राखेको ततामरलाई राखेर मज्जाले भुट्ने अनि उसिनेको मटर मिसेर अलिकति पानी राखेर छोप्नु पर्छ । अलिकति पानी सुकिसकेपछि अघि निकालेर राखेको पनिरलाई मिसाएर, दुई चम्चा क्रिम पनि हालेर २ देखि ३ मिनेटसम्म उमाल्नु पर्छ । अन्त्यमा यसलाई हरियो धनियाले सजाएर भात वा रोटीसँग सेवन गर्न सकिन्छ ।

Recent Comments

No comments to show.