सन् २०२१ मा भारतमा आयोजना हुने टी–२० को नयाँ वरीयतामा १२ स्थानमा परेकाले नेपाल सिधै ग्लोबल छनोटमा पुगेको छ ।
सन् २०२१ को मार्चदेखि जुलाइसम्म चल्ने ग्लोबल छनोटमा नेपाललगायत ११ औं स्थानमा रहेको जिम्बावे, १५ औं स्थानको युएई र २० औं स्थानको हङकङले पनि प्रतिस्पर्धा गर्नेछन्। यस्तै, सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपका पुछारका ४ टोलीले पनि ग्लोबल छनोट खेल्नुपर्नेछ।
कुल १६ टिमको सहभागिता रहने सो छनोटमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता खेलाइनेछ। दुवै समूहका शीर्ष दुई टोलीले विश्वकपमा भाग लिन पाउने छन्।
प्रतिक्रिया