एनआइसी एशिया बैंक लिमीटेडको सहायक कम्पनीको रुपमा रहेको एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेडले निकट भविष्यमै आइपीओ निश्कासन गर्ने भएको छ ।
कम्पनीले ४७ लाख ५५ हजार कित्ता आइपीओ निश्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । प्रतिकित्ता रु १०० रुपैयाँ दरले कुल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको पूँजी सर्वसाधारणबाट जुटाउनका लागि लघुवित्तले आइपीओ निश्कासन गर्न लागेको हो ।
प्रतिक्रिया