नेपाली विद्यार्थीमा पनि देखियो कोरोना भाइरसको संक्रमण : सरकारको छैन पूर्व तयारी

नेपाली विद्यार्थीमा पनि देखियो कोरोना भाइरसको संक्रमण : सरकारको छैन पूर्व तयारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीनको हुवेई प्रान्तस्थित विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको लक्षण देखिएपछि त्यसको परीक्षणका लागि बाहिर पठाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पालका चिकित्सकले जानकारी दिएका छन  ।

चीनमा पढ्दै गरेका ती विद्यार्थीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भेटिएको डा। बाँस्तोलाले बताए । ‘लक्षण हेर्दा कोरोना भाइरस नै हो भन्ने हाम्रो अनुमान छ’, उनले भने, ‘त्यसलाई यकिन गर्नका लागि महामारी तथा रोग नियन्त्रण महाशाखामार्फत हङकङ पठाइएको छ । उताबाट परीक्षण भएर आएपछि कोरोना भाइरस हो कि होइन भनेर प्रस्ट हुन्छ ।’ अस्पतालमा भर्ना भएका ती बिरामी भने डिस्चार्ज भइसकेको बाँस्तोलाले बता ए। महाशाखाले उक्त नमुना परीक्षणका लागि मंगलबार हङकङ पठाएको हो ।

चीनबाट नेपाल भित्रिने स्थल नाकाभन्दा त्रिभुवन विमानस्थलबाट आउने यात्रीको संख्या बढी हुने भएकाले कुनै पनि बेला नेपालमा भित्रिन सक्ने चेतावनी विज्ञले दिए पनि सरकारले अहिलेसम्म कुनै पूर्वतयारी गरेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको हेल्प डेस्क समेत एचएको भरमा चलिरहेको छ ।

हेल्प डेक्स हेर्नेगरी एचएको नेतृत्वमा खटिएका कर्मचारी समेत नियमित बस्दैनन् । समायोजनले गर्दा त्यो हेल्प डेस्कमा खटिएका प्राविधिक र कर्मचारी पनि अन्य ठाउँमा गएकाले नाम मात्रको हेल्प डेस्क रहेको स्वास्थ्य मन्त्रालयकै कर्मचारीको टिप्पणी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्सलाई सक्रिय बनाउने तयारी थालिएको दाबी गरे । महामारी तथा रोग नियन्त्रण महाशाखा अधिकारीले हेल्थ डेक्स सक्रिय बनाउनेदेखि सचेतना फैलाउने तयारीमा लागेको बताए । नागरिक दैनिकबाट

Recent Comments

No comments to show.