राष्ट्रियसभा सदस्यका बिहीबार सम्पन्न निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ १८ सिटका लागि भएको चुनावमा ४५ जना उम्मेदवार चुनावी मैदानमा थिए । निर्वाचनमा १६ जना नेकपा र २ दुई जना राजपाको विजयी भएका छन् ।
विजयी उम्मेदवारको सूची
प्रदेश १
दलित– गोपी अच्छामी (नेकपा)
महिला( इन्दिरा गौतम(नेकपा)
अन्य– देवेन्द्र दाहाल(नेकपा)
प्रदेश २
महिला– तुलसा दाहाल (नेकपा)
दलित– राधेश्याम पासवान (नेकपा)
अन्य– मृगेन्द्र यादव (राजपा)
अल्पसंख्यक– शेखरकुमार सिंह (राजपा)
बागमती प्रदेश
महिला– गंगा बेलवासे (नेकपा)
अन्य– वेदुराम भुसाल (नेकपा)
गण्डकी प्रदेश
अन्य– नारायणकाजी श्रेष्ठ (नेकपा)
महिला– भगवती न्यौपाने (नेकपा)
प्रदेश ५
महिला– विमला घिमिरे (नेकपा)
अपाङ्गता तथा अल्पशंख्यक– जगप्रसाद शर्मा (नेकपा)
अन्य– गोपाल भट्टराई (नेकपा)
कर्णाली प्रदेश
अन्य– माया प्रसाद शर्मा (नेकपा)
महिला– सुमित्रा बिसी (नेकपा)
सुदूरपश्चिम प्रदेश
अन्य– तारामान स्वार (नेकपा)
महिला– शारदा भट्ट (नेकपा)
निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता रहेका थिए । निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ कायम भएको छ।
त्यस्तै गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपा उम्मेदवारले क्लिन स्वीप गरेका छन् ।
प्रतिक्रिया