एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बुधबारबाट विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई लछित गरी नयाँ योजना ‘टुरिष्ट सिम’ ल्यएको छ ।
यस योजनाअन्तर्गत नेपाल भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाइम र डेटा बन्डलिङ गरिएको प्याकहरु लिन सक्ने जनाएको छ ।
नेपाल भ्रमणमा आएका कुनै पनि विदेशी पर्यटकले करसहित मात्र रु १०० मा टुरिष्ट सिमसहितको स्टार्टर प्याक लिन सक्छन् । यो प्याकमा पर्यटकले रु ३० मेन ब्यालेन्स र तीन दिन समयावधि भएको १ जिबी डेटा पाउँछन् ।
प्रतिक्रिया