काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदको लागि उम्मेदवारी नदिने भएको छ। मंगलबार दलको संसदीय कार्यालय सिंहदरबारमा बसेको बैठकले सभामुखमा उम्मेद्वारी नदिने निर्णय गरेको छ ।
नेकपासँग स्पष्ट बहुमत पनि भएको र सभामुख पद तटस्थ हुनुपर्ने भएकोले कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेको तर्क छ । संसदीय दलको बैठकमा उपसभामुख पदमा उम्मेदवारी दिने या नदिने विषयमा छलफल नै नभएको जनाईएको छ ।
संविधानअनुसार सभामुख र उपसभामुख पद फरक दल र फरक लिंगको हुनुपर्ने छ। नेकपाले सभामुख पदको लागि अग्निप्रसाद सापकोटालाई उठाउने निर्णय गरिसकेको छ।
प्रतिक्रिया