काठमाडौं र त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको छ । बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकिराखेको जहाजसँग सोमबार बिहान ठोक्किएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।
ठक्करबाट दुवै जहाजमा सामान्य क्षति भएको बताइएको छ । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ । यता, विमानस्थल प्रहरीले बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई छोएको मात्र बताएको छ ।
प्रतिक्रिया