स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोटका लागि आवेदन माग गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै उपकुलपतिको रोष्टर तयार पार्न इच्छुकहरुको आवेदनसहितको विवरण माग गरेको हो। प्रतिष्ठानको कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति सिफारिश गर्न सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेका छन् । समितिमा राष्ट्रिय योजना आयोगकी सदस्य उषा झा र अर्थ मन्त्रालयका सचिव राजन खनाल सदस्य छन् । यो समितिले ३ जनाको नाम उपकुलपतिमा सिफारिश गर्नेछ । ती मध्ये एक जनालाई उपकुलपति नियुक्ती हुनेछन् । नगद ८ लाख घुस लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानका तत्कालिन उपकुलपति डा.राजकुमार रौनियारलाई पक्राउ गरेको थियो । उनीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर भएपछि निलम्बनमा परेका थिए । त्यसयता प्रतिष्ठानको उपकुलपति पद रिक्त छ । मन्त्रालयले रेक्टर डा.गुरु खनाललाई नै कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोटका लागि आवेदन माग गरेको छ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै उपकुलपतिको रोष्टर तयार पार्न इच्छुकहरुको आवेदनसहितको विवरण माग गरेको हो।
प्रतिष्ठानको कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति सिफारिश गर्न सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेका छन् । समितिमा राष्ट्रिय योजना आयोगकी सदस्य उषा झा र अर्थ मन्त्रालयका सचिव राजन खनाल सदस्य छन् । यो समितिले ३ जनाको नाम उपकुलपतिमा सिफारिश गर्नेछ । ती मध्ये एक जनालाई उपकुलपति नियुक्ती हुनेछन् ।
नगद ८ लाख घुस लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानका तत्कालिन उपकुलपति डा.राजकुमार रौनियारलाई पक्राउ गरेको थियो । उनीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर भएपछि निलम्बनमा परेका थिए । त्यसयता प्रतिष्ठानको उपकुलपति पद रिक्त छ । मन्त्रालयले रेक्टर डा.गुरु खनाललाई नै कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएको छ ।
प्रतिक्रिया