फेसबुकमार्फत ‘ब्ल्याकमेल’ गर्दै विवाहित युवतीलाई पटक पटक बलात्कार, एक युवा पक्राउ

फेसबुकमार्फत ‘ब्ल्याकमेल’ गर्दै विवाहित युवतीलाई पटक पटक बलात्कार, एक युवा पक्राउ

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पथरी: सामाजिक सञ्जाल फेसबुकमार्फत ब्ल्याकमेल गरी एक विवाहित युवतीलाई पटक पटक बलात्कार गरेको आरोपमा मोरङ पथरीशनिश्चरे नगरपालिका–७ का एक युवा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पथरीले २५ वर्षीय रविन आचार्यलाई बलात्कारको आरोपमा पक्राउ गरेको हो । एक विवाहित युवतीले आफुलाई धम्की दिदै र ब्ल्याकमेल गरेर पटक–पटक बलात्कार गरेको जाहेरी दिएपछि आचार्यलाई पक्राउ गरिएको आचार्यले पथरीका डिएसपी दिलिप गिरीले जानकारी दिए । प्रारम्भिक वयानको क्रममा पनि पक्राउ परेका आयार्यले आरोप स्वीकार गरेका छन् । उनले पछिल्लो पटक चार दिन अघि बलात्कार गरेको पीडित युवतीको भनाई छ ।

प्रहरी अनुसन्धानको क्रममा फेसबुकमार्फत डर देखाउँदै धम्की दिएर ती युवाले ‘ब्ल्याकमेल’ गर्ने गरेको प्रमाणहरु प्रहरीले जुटाएको छ । ती युवाले युवतीको नाङ्गो तस्बिरहरु राखेको र त्यसलाई सामाजिक सञ्जालमा भाइरल बनाइदिने धम्की दिएर युवतीलाई बलात्कार गर्ने गरेको खुलेको छ । घटना दोहोरिन थालेपछि पीडित युवतीले आफ्नो श्रीमान्लाई सबै कुरा बताएकी थिइन् । श्रीमान्सँगको सल्लाहमा नै उनले प्रहरीमा उजुरी दिएकी हुन् । उजुरी लगत्तै प्रहरीले आचार्यलाई पक्राउ गरेको थियो भने उनले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ ।

Recent Comments

No comments to show.